• तुलसी क्षेत्रीको ‘मोहनी फुकाई देउ’ बजारमा


    भरतपुर/लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “मोहनी फुकाई देउ“ बजारमा आएको छ । क्षेत्रीको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी क्षेत्री र संगीत इन्द्र जिसीको रहेको छ । तुलसी क्षेत्रीको यो लोक तथा दोहोरी गीत मायाप्रेममा केन्द्रीत रहेको छ । एक अर्काको रुप, सुन्दरता, बोली, व्यवहार र आनीबानीले मोहनी लगाएकोले मोहनी फुकाई देउ भन्दै गीतमा अनुनय बिनय गरेका छन् । गायक गायिका सङ्गै अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ ।
    गीत र गीतको भिजुयल निकै दमदार बनेको आम दर्शकको भनाई रहेको छ । यसरी गीतको जुन मर्म छ त्यो मर्मलाई उत्तिकै न्याय गर्ने गरि भिडियो वनाइदिएकोमा खुशी ब्यक्त गर्दै गायिका तुलसी क्षेत्रीले भिडियो युनिटलाई धन्यवाद ब्यक्त गरेकी छिन् । यस भिडियोको भिडियो निर्देशक होम तमु र छायांकन गणेश सापकोटा र इडिटिङ सुवास अम्गाईले गरेका हुन । जसको पोष्ट प्रोडक्सनको काम फलानो क्रियशनले गरेको छ ।
    लामो समयदेखि लोक गायन र अभिनय मार्फत छुट्टै पहिचान बनाएकी तुलसी क्षेत्री गीत संगीत र सिने जगतको स्थापित नाम हो । समय सन्दर्भ अनुसारका गीत संगीत पस्किरहने सरल र मिजासिलो स्वभावकी तुलसीको मायाप्रेम, बिछोड, बियोगसङ्गै तीज, दशैं, तिहार बिशेष थुप्रै गीतहरु पनि बजारमा आएका छन् । यो गीतले उनलाई थप पहिचान दिनेमा उनी बिश्वस्त रहेकी छिन् ।
    बाला जोबन, ब्लाक एन्ड ह्वाइट, चामल चौलानी, झिलीमिली तिहार, नामर्द पोइ, सानु मायालाई, माइतैमा दिल बस्यो बिरलै, दुःख पाइदो रैछ आदि उनीद्वारा स्वरबद्ध लोकप्रिय गीतहरू हुन । गायन सङ्ग सङ्गै अभिनय कलामा पनि उत्तिकै पारङ्गत तुलसीले अग्निदहन, क्या बात चलचित्र र अन्य थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने उनीद्वारा अभिनित चलचित्र “वडा अध्यक्ष“ रिलिज हुने क्रममा रहेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt