• शिक्षालय प्रमुखको सरुवाप्रति कर्मचारी संघ इकाई समितिको आपत्ति


    सन्तोष देवकोटा

    भरतपुर/प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटी) नारायणी बहुप्राविधिक शिक्षालय कर्मचारी संघ इकाईले शिक्षालय प्रमुखको सरुवा प्रति आपत्ति जनाएको छ । इकाई समितिका अध्यक्ष सुरेन्द्र पुडासैनीले आइतवार एक विज्ञप्ति जारी गरि सिटिइभिटी अन्तरगतको आंगिक शिक्षालय नारायणी बहुप्राविधिक शिक्षालय भरतपुर चितवनका कार्यालय प्रमुख ईश्वर चन्द्र घिमिरेलाई परिषद् कार्यालयले अप्रत्यासित रुपमा नियम विपरित सरुवा गरेको भन्दै आपत्ति जनाउनु भएको हो ।
    सामान्यतय दुई वर्ष कार्यकाल पुरा नभई कर्मचारी सरुवा गर्न नपाईने परिषद् कर्मचारी सेवा शर्त सम्बन्धी विनियमको वर्खिलाप हुने गरि कार्यालय प्रमुखको सरुवा गरिएको वताउँदै विज्ञप्तीमा सरुवाको निर्णय तत्काल बदर गर्न आग्रह गरिएको छ । निर्णय बदर नभए चरणवद्ध आन्दोलनका कार्यक्रम अगाडी वढाउने जानकारी दिँदै पुडासैनीद्धारा जारी विज्ञप्तिमा त्यसवाट सृजना हुने परिस्थितीको जिम्मेवार सम्बन्धित पक्ष नै हुने जनाईएको छ ।
    इन्जिनीयरिङ विषयका डिप्लोमा तहका ४ वटा नियमित तथा एउटा विशेष छात्रवृत्ति कार्यक्रम लगायत विभिन्न व्यवसायका छोटो अवधिको शीपमुलक तालिम संचालन गरि छोटो समयमा नै यस क्षेत्रको अब्बल शिक्षालयको रुपमा स्थापित गर्न सफल शिक्षालयलाई प्रगतिको पथमा अघि बढाइरहनु भएका शिक्षालय प्रमुख अधिकृतस्तर द्धितीय श्रेणीका घिमिरेलाई हटाएर अधिकृतस्तर तृतीय श्रेणीको कर्मचारीलाई शिक्षालय प्रमुखको जिम्मेवारी सुम्पिनु जस्तो गैरजिम्मेवारीपुर्ण निर्णयले शिक्षालयको विश्वासमा गम्भिर संकट पर्ने इकाई अध्यक्ष पुडासैनीले दावी गर्नु भयो । छोटो समयमा नै लोकप्रिय हुन सफल शिक्षालय प्रमुख घिमिरेलाई राजनीतिक आस्थाको आधारमा सानोठिमी भक्तपुर तानिएको पुडासैनीको भनाई थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt