• फेरि रत्ननगर महोत्सवको तयारी, कोरोना संक्रमणको जोखिम टरेकै हो र ?


    भरतपुर/कोरोना संक्रमणको जखिम वढ्दै गए पछि चितवनमा आयोजित विभिन्न मेला महोत्सव स्थगित भएका थिए । कोरोना संक्रमण वावजुद चितवन महोत्सव उद्घाटन भयो भने पुर्वी चितवनमा आयोजना भएको रत्ननगर महोत्सव उद्घाटन नै हुन पाएन । जिल्ला प्रशासन कार्याल चितवनले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत पुस अन्तिम साता मेला महोत्सव बन्द गराएको थियो ।
    ओमिक्रोन नामक कोरोना भाइरसको पछिल्लो भेरियन्ट फैलिन चितवन महोत्सवले पनि थप मद्धत गरेको भन्ने आरोप लागिरहेको अवस्थामा फेरि रत्ननगर महोत्सवको तयारी थालिएको छ । अहिले पनि कोरोना संक्रमणको जोखिम उत्तिकै छ । कोरोना संक्रमणकालकै अवस्थामा पुनः रत्ननगर महोत्सवको तयारी थालिनुलाई चासोको रुपमा हेरिएको छ । कोरोना संक्रमण कम नहुँदै महात्सव संचालन गर्ने अनुमति किन र कसरी दिईयो खोजिको विषय वनेको छ । के कोरोना संक्रमणको जोखिम टरेकै हो त ? आम चितवनवासीले प्रश्न गरेका छन् ।
    रत्ननगर उद्योग वाणिज्य संघले यहि फागुन १५ देखि २३ गतेसम्म रत्ननगर महोत्सव गर्ने भन्दै तयारी तिव्र पारेको छ । महोत्सवका कारण उत्पन्न हुने परिणामको विषयमा आयोजकको ध्यान पुगेको छैन । सरकारी तथ्यांक अनुसार अहिले पनि कोरोना संक्रमणको जखिम उत्तिकै छ । विभिन्न उदेश्यकासाथ आयोजना हुने मेला महोत्सवले कोरोना संक्रमण फैलाउन सहयोग पुग्ने हुँदा सरोकारवाला निकायले यो विषयमा सोच्नु पर्ने कतिपय व्यवसायीहरुको भनाई छ । आखिर उद्योगी व्यवसायीहरुलाई किनै महोत्सव नै गर्नुपर्ने भएको हो ? कारोना संक्रमण नियन्त्रणमा उद्योगी व्यवसायीको जिम्मेवारी हुँदैन र ? मेला महोत्सव भन्दा मानिसको स्वास्थ्य ठुलो कुरा भएको वताउँदै आम चितवनवासीले बाँचे अर्को वर्ष पनि महोत्सव गर्न सकिने वताएका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt