• होटल व्यवसायी संघ चितवनको व्यक्तित्व विकास एवं उद्घोषण तालिम सुरु


    सन्तोष देवकोटा
    भरतपुर/होटल व्यवसायी संघ–चितवनको आयोजनामा मंगलबार देखि सात दिने व्यक्तित्व विकास एवं उद्घोषण तालिम सुरु भएको छ । जिल्ला स्थित होटल व्यवसायीहरुको क्षमता एवं व्यक्तित्व विकास गरि औपचारिक कार्यक्रम संचालनको साथै उद्घोषण कला सिकाउने उदेश्यले तालिम आयोजना गरिएको होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो । तालिममा संचारकर्मी मनोज पन्तले सहजिकरण गर्नु भएको छ ।
    होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा प्रमुख अतिथी रहन् भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी सापकोटाले पछिल्लो समय व्यक्तित्व विकास र उद्घोषण कला अति आवश्यक बन्न पुगेको वताउँनु भयो । तालिम लिनु मात्रै ठुलो कुरा नभएको वताउँदै प्रमुख अतिथी सापकोटाले तालिमवाट भरपुर ज्ञान लिन व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
    होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले संचालन गर्नु भएको कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक राजु श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष कमल शर्मा गौतम, निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, उपाध्यक्ष केशव हड्खोले, कृष्ण भट्ट, कमला गुरुङ, कोषाध्यक्ष जनक पौडेल, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, सचिवालय सदस्य एवं इकाई संयोजक कृष्ण महतोलगायतको सहभागिता रहेको थियो । तालिममा करिव ३० जना होटल व्यवसायीहरुको सहभागिता हरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt