• नारायणी बहुप्राविधिक शिक्षालयमा नयाँ प्रमुखद्धारा पदभार ग्रहण


    सन्तोष देवकोटा
    भरतपुर/प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटी) नारायणी बहुप्राविधिक शिक्षालयमा हालै मात्र सरुवा भई आउनु भएका नयाँ शिक्षालय प्रमुख सरिता रेग्मीले शुक्रबार आफ्नो पदभार ग्रहण गर्नु भएको छ । सिटिईभिटीको केन्द्रिय कार्यालय अन्तरगत तालिम शाखामा कार्यरत भरतपुर २६ निवासी रेग्मीले शिक्षालय प्रमुखको पदभार ग्रहण गर्दै गुणस्तरीय प्रविधिक शिक्षामा विशेष जोड दिने वताउनु भयो ।
    शिक्षालयमा शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि शिक्षालयमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुले नवनियुक्त शिक्षालय प्रमुख रेग्मीलाई स्वागत गरेको थिए । शिक्षालयमा कार्यरत केहि कर्मचारीको विरोधका वावजुद नवनियुक्त शिक्षालय प्रमुख रेग्मीले आफ्नो पदभार ग्रहण गर्नु भएको हो । पुरानो शिक्षालय प्रमुखलाई सिटिइभिटिले अन्यत्र सरुवा गरेको विषयमा विरोध जनाउँदै थमौतिको माग गरेका कर्मचारी संघ इकाईमा रहेका कर्मचारीहरु यतिवेला नैतिक दवावमा परेका छन् ।
    इकाई समितिका अध्यक्ष सुरेन्द्र पुडासैनीले विज्ञप्ति जारी गरि सिटिइभिटी अन्तरगतको आंगिक शिक्षालय नारायणी बहुप्राविधिक शिक्षालय भरतपुर चितवनका कार्यालय प्रमुख ईश्वर चन्द्र घिमिरेलाई परिषद् कार्यालयले अप्रत्यासित रुपमा नियम विपरित सरुवा गरेको भन्दै आपत्ति जनाउनु भएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt