• चुरे संरक्षणको लागि सहकार्य आवश्यक


    सन्तोष देवकोटा
    सौराहा/कमलो र कान्छो पहाडको रुपमा लिइने चुरे क्षेत्रको संरक्षणको लागि सरोकारवालाहरु विचको सहकार्य आवश्यक रहेको शुक्रबार सौराहामा आयोजित अन्तरक्रिया गोष्ठिका वत्ताहरुले वताएका छन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ को समिक्षा तथा परिमार्जन सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया गोष्ठिमा वोल्ने वत्ताहरुले विकास र वातावरण परिपुरक भएको वताउँदै चुरे संरक्षणको लागि तीन तहका सरकार र अन्य सरोकारवालाहरु विचको सहकार्यले मात्र देखिने गरि उपलब्धि हासिल गर्न सकिने वताएका छन् ।
    राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा. महेश्वर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले आगामी वजेटमा आफ्नो कार्यक्षेत्र भित्रका चुरे संरक्षणलाई प्राथमिकता दिने वताउनु भयो । योजना र तत्थ्यांक भन्दा पनि व्यवहारिक कार्यान्वयन महत्वपुर्ण भएको वताउँदै मन्त्री खड्काले नीति निर्माण गर्दा त्यसतर्फ ध्यान दिनु पर्ने वताउनु भयो ।
    मन्त्रालयका सचिव यज्ञनाथ दाहालले चुरे संरक्षणको लागि वृक्षारोपणमा जोड दिनुपर्ने वताउनु भयो । चुरेको माथिल्लो भाग संरक्षण नगरि तल्लो भाग संरक्षण नहुने वताउँदै दाहालले स्रोत साधनमा भन्दा पनि काम गर्ने लगनसिलतामा कमि देखिएको वताउनु भयो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन ईकाई भतरपुरका प्रमुख रामहरि पन्थले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम अम्बिका प्रसाद खतिवडाले संचालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt