• अन्तराष्ट्रिय प्रदर्शनी हजारौले अवलोकन गरे


    भरतपुर/चितवनमा जारी चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको दोस्रो दिन हजारौंले अवलोकन गरेका छन् । शनिबार कृषकहरुसँगै, कृषि अध्ययनरत विद्यार्थीहरु प्रदर्शनीको अवलोकन गरेका थिए । सहभागीहरुले प्रदर्शनीमा रहेका कृषि सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू–ठूला उपकरणहरु बारे परामर्श लिएका छन् ।
    शनिबार सबै स्टलहरुमा परामर्श लिने कृषकहरुको घुँईचो लागेको थियो । प्रदर्शनी देशभरका २० भन्दा बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनीको अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ रुपन्देही, पूर्वको मोरङसम्मका स्थानीय तहबाट कृषकहरु सहभागी भएको उनले जानकारी दिए ।
    यस्तै बिभिन्न कृषि सहकारी संस्थाहरुबाट पनि सहभागी भएको उनले बताए । विदेशी कम्पनीहरुले नेपालमा भित्राएको नयाँ–नयाँ अटोमेटिक मेसिनका कारण कृषकहरुको सहभागीता बढेको उनले बताए । प्रदर्शनीको हल ‘ए’ स्थित क्लाइमेट्रोलको अधिकारिक बिक्रेता पिनाकल कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र गिरीले शनिबार कृषकहरुको उल्लेख्य सहभागीता रहेको बताए । क्लाइमेट्रोलले चिस्यान केन्द्र सम्बन्धी काम गर्दै आएको छ ।
    शनिबार चिस्यान केन्द्र बारे परामर्श लिन कृषकहरु उत्साहित रहेको गिरीले बताए । कृषकले व्यक्तिगत रुपमा भन्दा पनि कृषक समूहले चिस्यान केन्द्र बारे परामर्श लिएको उनले बताए । परामर्श लिने ग्राहकहरुबाट पनि राम्रो प्रतिक्रिया पाएको उनले बताए । अहिले स्थानीय सरकारहरुले पनि चिस्यान केन्द्रको योजना अघि सारेकोले कृषकहरुले यसमा चासो देखाएको उनको भनाइ छ । यो प्राविधिक बिषय भएकोले पनि किसानहरु यस बारे परामर्श लिन इच्छुक देखिएको उनको भनाइ छ । क्लाइमेट्रोल भारतीय कम्पनी हो ।
    यस्तै हल ’बी’ मा अवस्थित एरोम्याक्स पोल्ट्री उपकरणका प्रोपाइटर अभिषेक गुप्ताले आज पोल्ट्रीसँग सम्बन्धित किसानहरुको राम्रो सहभागीता रहेको बताए । चल्ला हुर्काउने इलेक्ट्रिक मेसिन बारे परामर्श लिने किसानहरु बढी पाईएको उनले बताए । यसलाई इलेक्ट्रिक ब्रुडिङ सिस्टम भनिन्छ । यो मेसिन नेपाली बजारमा नयाँ हो । यस कारण पनि किसानहरु यस बारे परामर्श लिन बढी उत्साहित भएको उनको बुझाई छ ।
    पहिला चल्ला उत्पादनका लागि ग्यास प्रयोग गर्ने गरिन्थ्यो भने अब इलेट्रिक मेसिन प्रयोग गरेर कम लागतमा चल्ला हुर्साउन सकिने उनले जानकारी दिए । यसले प्रदुषण पनि कम गर्ने उनको भनाइ छ । यसले अटोमेटिक रुपमा चल्लालाई आवश्यकता अनुसार तापक्रम दिन्छ । यस्तै अण्डाबाट चल्ला उत्पादन गर्ने मेसिन बारे पनि कृषकहरुले परामर्श लिएको उनले बताए ।
    mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt