सुनचाँदी साकोसको वार्षिकोत्सवमा सहयोग हस्तान्तरण


भरतपुर/भरतपुर १ नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.को ९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सहकारीको वार्षिकोत्सवको अवसरमा भरतपुर १२ स्थित सानोघरलाई २१ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
सहकारीका अध्यक्ष बाबुराम रामदामको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहयोग रकम वरावरको चेक सानोघरकी अध्यक्ष एवं संचालिका विमला श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । सचिव टुलक वि.कले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका उपाध्यक्ष रुविन रामुदामुले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै युवा व्यवसायी तथा सहकारीका उपाध्यक्ष रामुदामुले अवसरवाट वन्चित वालिकाहरुलाई पालनपोषण र संरक्षण गर्नु सराहनीय काम भएको वताउनु भयो । आगामी दिनमा पनि यस्तो प्रकारको सहयोगलाई निरन्तरता दिने उहाँको भनाई थियो । सानोघरकी संचालिका श्रेष्ठले सस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा वोल्दै सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेक बहादुर वि.क.ले असहाय वालवालिकाको संरक्षण गर्नु राज्यको दायित्व भएको वताउँदै कुनै एक व्यक्तीको पहलमा असहायको संरक्षण गर्नु उदाहारणीय काम भएको वताउनु भयो । कार्यक्रममा सुनचाँदी व्यवसायी संघ चितवनका सचिव रमेशचन्द्र सदासंकर, कोषाध्यक्ष निलेनमान शाक्य, सहकारीका लेखा समितिका संयोजक त्रिलोक रामदाम, स्वास्थ्य उपसमितिका संयोजक शान्ता थापा, सहकारीका व्यवस्थापक रमेश रामदाम, कार्यालय सहायक सरस्वती सुनार, अस्मिता सुनार, कमल विकलगायतको सहभागिता रहेको थियो । यसैगरी वार्षिकोत्सवकै अवसरमा माडी नगरपालिका ६ स्याउलिवास निवासी चिज कुमारी विकलाई व्रेन ट्युमरको उपाचारको लागि सहयोग गर्ने उदेश्यले ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार