• सात दिने व्यक्तित्व विकास एवं उद्घोषण तालिम सकियो


    सन्तोष देवकोटा
    भरतपुर/होटल व्यवसायी संघ चितवनद्धारा आयोजित सात दिने व्यक्तित्व विकास एवं उद्घोषण तालिम मंगलबार सकिएको छ । होटल व्यवसायीलाई औपचारिक कार्यक्रम संचालनसहित वोल्ने कला सिकाउने उदेश्यले तालिम आयोजना गरिएको होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक राजकुमार (राजु) श्रेष्ठले जानकारी दिनुभयो ।
    होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले संचालन गर्नु भएको तालिम समापन कार्यक्रममा कार्यक्रम संयोजक राजु श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । होटल व्यसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष इमान्दु वराल प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी वरालले तालिम लिनु मात्र ठुलो कुरा नभएको वताउँदै तालिम पछि व्यवहारमा आउने परिवर्तन मुख्य कुरा भएको वताउनु भयो । तालिम लिनुभन्दा पहिले माइक समाउन डराउने होटल व्यवसायीहरु तालिम पछि कार्यक्रम संचालन गर्न सक्ने अवस्थामा पुगेको वताउँदै आगामी दिनमा अझै अभ्यास गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो ।
    कार्यक्रममा सहभागिहरुलार्य धन्यवाद व्यक्त गर्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठले सात दिने तालिमले व्यवसायीलाई निर्धक्क भएर वोल्न र औपचारिक कार्यक्रम चलाउन सहयोग पुगेको वताउनु भयो । आगामी दिनमाय यस्ता खालका कार्यक्रमहरु विभिन्न इकाईहरुमा पनि संचालन गरिने उहाको भनाई थियो ।
    कार्यक्रममा होटल व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक कमल शर्मा गौतम, संघका सहकोषाध्यक्ष एवं जलदेवी सामुदायीक बन उपभोक्ता समुहका उपाध्यक्ष ऋषिकेश अर्याल, होटल व्यवसायी संघका सचिवालय सदस्य एवं इकाई अध्यक्ष कृष्ण महतो, जलदेवी सामुदायिक बन उपभोक्ता समुहका सचिव मिन्द्रा कुमारी श्रेष्ठ, प्रशिक्षक राजु थापा, प्रशिक्षार्थी भुवानी खनाल, गोमा सापकोटालगायतले वोल्नु भएको थियो । कार्यक्रममा होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हड्खोले, लोकनाथ (कृष्ण) भट्ट, कमला गुरुङ, थानेश्वर सापकोटा, कोषाध्यक्ष जनक पौडेल, संघका सचिवालय तथा कार्यसमितिका सदस्यहरु, इकाई अध्यक्षहरु, कार्यालय सचिव सृष्टि अधिकारीलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt