• गंगानगर माविका विद्यार्थीलाई व्यवहारिक ज्ञान


    भरतपुर/भरतपुर १३ स्थित गंगानगर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरगत व्यवहारिक ज्ञानको कक्षा संचालन गरिएको छ । शिवरात्रीको अवसर पारेर होस्टेलमा वसेका एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई पाठ्यक्रम भन्दा वहिरको ज्ञान दिने उदेश्यले व्यवहारिक ज्ञानको कक्षा संचालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदीले जानकारी दिनुभयो ।
    सो अवसरमार विद्यार्थीहरुलाई कार्यपालिका, व्यवस्थापिका, निर्वाचन प्रणाली (समानुपातिक तथा प्रत्यक्ष) को व्यवहारिक ज्ञान दिने उद्देश्यले, निर्वाचन आयोग, राजनीतिक पार्टी, चुनाव चिन्ह, समानुपातिक तथा प्रत्यक्ष चुनावी प्रक्रिया, मतदान, मतगणना, संसदको बैठक, सभामुख र प्रधानमन्त्रीको नियुक्ति तथा निर्वाचन प्रक्रिया, मन्त्रीपरिसद् तथा त्यसको वैठक लगायतका विषयहरु विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt