सगुन सहकारीको अध्यक्षमा मञ्जु भट्ट पाण्डे निर्वाचित


सन्तोष देवकोटा
भरतपुर/नारायणगढ स्थित सगुन वचत तथा ऋण सहकारी सस्थाको पाँचौ अधिवेशनवाट अध्यक्षमा मञ्जु भट्ट पाण्डे निर्वाचित हुनु भएको छ । नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा पाण्डेले ४१६ मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिद्धन्द्धी माधव प्रसाद पौडेलले ३१४ मत प्राप्त गर्नु भएको थियो । पाण्डे अध्यक्षमा निर्वाचित भएसंगै सहकारीले महिला नेतृत्व पाएको छ ।
यसैगरी सहकारीको उपाध्यक्षमा महेश कुमार पौडेल, सचिवमा माधव अर्याल, सहसचिवमा रामकृष्ण अर्याल, कोषाध्यक्षमा गंगादेवी भट्टराई, सहकोषाध्यक्षमा लोकनाथ पौडेल, सदस्यहरुमा रिता ढकाल, एक प्रसाद लामिछाने, रामकृष्ण पौडेल, भिम भण्डारी, निर्मला पौडेल, रुद्र सुवेदी, कालिका प्रसाद पण्डित रहनु भएको छ । यसैगरी अधिवेशनले प्रेम प्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय लेखा समिति चयन गरेको छ । समितिको सदस्यहरुमा कमला लुईटेल, कमला श्रेष्ठ रहनु भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार