• भरतपुर १३ मा माओवादी केन्द्रको घरदैलो


    भरतपुर/चितवनको थवाङको रुपमा चिनिने भरतपुर माहानगरपालिका वडा न १३ मा नेकपा (माओबादी केन्द्र) को चुनाव केन्द्रित घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र भरतपुर १३ वडा समितिद्धारा आयोजित घरदैलो कार्यक्रम नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्य यम बाहादुर परियार इन्द्रजितले वडा समिति अध्यक्ष सुदिप सुबेदीलाई झन्डा हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो ।
    घरदैलो तथा जन भेटघाट कार्यक्रममा बागमती प्रदेश समिति सदस्य गोपाल कृष्ण न्यौपाने, भरतपुर माहनगर कोषाध्यक्ष हरिशचन्द्र सुबेदी लगायतका नेता तथा सयौको संख्यामा कर्याकर्ता तथा जन समुदायको उपस्थिति रहेको थियो । कार्यक्रम पार्टी सम्पर्क कार्यलयबाट शुरु भएर उज्ज्वलनगरका विभिन्न भागमा घर दैलो गर्दै पुन सम्पर्क कार्यालयमा आएर बिसर्जन भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt