लोककल्याणकारी साकोसका अध्यक्ष कँडेल उत्कृष्ठ सहकारी अध्यक्ष घोषित


भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नारायण प्रसाद कँडेल उत्कृष्ठ सहकारी अध्यक्ष घोषित हुनु भएको छ । ६५औं सहकारी दिवसको अवसरमा भरतपुर महानगरपालिकाले आइतबार आयोजना गरेको सहकारी दिवस समारोहमा लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कँडेललाई उत्कृष्ठ सहकारी अध्यक्ष घोषणा गरि प्रशंसा पत्रद्धारा सम्मान गरिएको हो ।
भरतपुर महानगरपालिकामा आयोजित सो कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सहकारीका अध्यक्ष कँडेललाई प्रशंसापत्र हस्तान्तरण गर्नु भएको हो । प्रशंसापत्र ग्रहण पछि प्रतिक्रिया दिँदै अध्यक्ष कँडेलले भरतपुर महानगरपालिकाद्धारा गरिएको उक्त सम्मानले आगामी दिनमा झनै क्रियाशिल र जिम्मेवार बन्न प्रेरणा मिलेको वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार