जेष्ठ शेयर सदस्यलाई सम्मान गर्दै अथर्वको स्थापना दिवसमा आयोजित सप्ताहव्यापी कार्यक्रम सकियो


भरतपुर/जेष्ठ शेयर सदस्यलाई सम्मान गर्दै भरतपुर ११ मालपोत चोक स्थित अथर्व बचत तथा ऋण सहकारी सस्थाको स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्र समापन भएको छ । सहकारीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि ७५ वर्ष माथिका ३३ जना शेयर सदस्यहरुलाई सम्मान गर्दै सप्ताहव्यापी कार्यक्रमको समापन गरेको हो ।
नेफ्स्कुनका सञ्चालक बिद्या कोईराला तथा साकोसका अध्यक्ष बिजया भण्डारी लम्सालले उहाँहरुलाई दोसल्ला ओडाई सम्मान गर्नु भएको थियो । जेष्ठ शेयर सदस्यहरुलाई च्यावनप्रास, बिष्कुट र कप हस्तान्तरण गरि सम्मान स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमका संयोजक सुरज पाठकले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै प्रमुख आतिथी नेफ्स्कुनका सञ्चालक कोईरालाले जेष्ठ नागरिकहरु भगवान सरह भएकोले सधै सम्मानका साथ सत्कार गर्नुपर्ने बताउनु भयो ।
यस्तै अथर्व बचत तथा ऋण सहकारी सस्थाका अध्यष विजया लम्सालले आफुहरुले बिगत देखिनै यस्ता किसीमका कार्यक्रमहरु गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्तै खालको कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । संस्थाका सचिव सृजना बसौला देवकोटाले सञ्चालन गर्नु भएको कार्यक्रममा ब्यवस्थापक प्रेम प्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साकोसका अध्यक्ष लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकारहरु शालिग्राम शर्मा, भक्तिराम अधिकारी, के.पी भण्डारी, आनन्द पाण्डे, लगायतको सहभागीता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार