• मार्गदर्शन उत्कृष्ट साकोस र उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषित


    भरतपुर/भरतपुर महानगरपािलकाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुर १६ स्थित मार्गदर्शन बचत तथा ऋण सहकारी सस्थालाई उत्कृष्ट सहकारी र सोहि सहकारीका प्रमुख कार्यकारी अधिकृत दिपक गौतमलाई उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषणा गर्दै प्रशंसापत्रद्धारा सम्मान गरेको छ । भरतपुर महागरपालिकामा सहकारीको नीति, विधि, सिद्धान्त र आधुनिक प्रविधिमा संचालित समुदायमा आधारित सहकारी मार्गदर्शन बचत तथा ऋण सहकारी सस्थालाई भरतपुर महानगरले एक औपचारिक कार्यक्रमका विच महानगरको उत्कृष्ट साकोस घोषणा गरी सम्मान गरेको हो ।
    सोही अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमलाई महानगरको उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषणा गरी सम्मान गरेको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले संस्था र प्रमुख कार्यकारी अधिकृतलाई सम्मान गर्नु भएको हो ।
    भरतपुर महानगरपालिका कार्यक्षेत्र रहेको सहकारीमा २०७८ फागुन मसान्तसम्ममा ५ हजार ९ सय शेयर सदस्य र कुल सम्पत्ति ५५ करोड रहेको छ । डिजिटल सदस्य, डिजिटल साकोस अभियान संचालन गरिरहेको संस्थाले सदस्यहरुलाई निशुल्क मोवाइल वैकिङ्क, एटिएम कार्ड, क्युआर सेवा, ईटेलर र ईपेमेन्ट सेवा संचालन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt