• गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय १० सदस्यीय कार्यदल गठन

    आशिष अधिकारी

    भरतपुर/आसन्न स्थानीय तहको निर्वाचनका सम्बन्धमा जिल्ला स्थित गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय सयन्त्रको बैठकले १० सदस्यीय नया कार्यदल गठन गरेको छ । शुक्रबार नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यलय कमलनगरमा बसेको सयन्त्रको बैठकले हरेक दलबाट २/२ जना रहने गरि १० जनाको कार्यदल गठन गरिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न बैठकले शुक्रबार गठन भएको कार्यदलले शनिबार दिउँसो १२ बजे सम्म एउटा खाका बनाएर गठबन्धनका दलहरुका बिचमा प्रस्तुत गर्ने निर्णय भएको छ । बैठकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र चितवनका सयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजबादीका जिल्ला इन्चार्ज कृष्ण प्रसाद खनाल, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष प्रेम भुजेल र रास्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरीको उपस्थिति रहेको थियोे ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt