• होटल संघ चितवनको शुभकामना आदान प्रदान, सम्मान तथा क्यालेन्डर विमोचन


    भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनको आयोजनामा उद्योग वाणिज्य संघ चितवनका निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान, नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान एवं भित्तेपात्रो (क्यालेन्डर) विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
    होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले समृद्ध मुलुक निर्माणको लागि राज्यले पर्यटन क्षेत्रको प्रवद्र्धनमा जोड दिनु पर्ने वताउनु भयो । होटल व्यवसायी महासंघको पहलमा विभिन्न प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी वढाएको जानकारी दिँदै चुकेले वागमती प्रदेशको पर्यटन मन्त्रालयसंग पनि आवश्यक छलफल भईरहेको वताउनु भयो ।
    वागमती प्रदेश सरकारको पर्यटन मन्त्रालय पनि पर्यटन प्रवद्र्धनमा तयार भएको वताउँदै उहाँले त्यसका लागि व्यवसायीहरुको पहल आवश्यक रहेको वताउनु भयो । पर्यटन प्रवद्र्धन गर्न सके होटल लगायतका पर्यटन व्यवसायी थप मजवुत हुने वताउँदै उहाले आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धनमा जोड दिनु व्यवसायीलाई आग्रह गर्नु भयो । ८० प्रतिशत भन्दा वढि व्यवसायीले भाडामा आफ्नो व्यवसाय संचालन गर्दै आएको वताउँदै चुकेले भाडामा व्यवसाय गर्ने व्यवसायी र घरवेटीको समस्याको विषयमा गम्भिर हुन आग्रह गर्नु भयो ।
    कार्यक्रममा वोल्दै विशेष अतिथी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले संघको तर्फवाट होटल व्यवसायीका समस्या समाधारमा आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । पर्यटन विकासको लागि होटल व्यवसायीको भूमिका महत्वपुर्ण हुने वताउँदै उहाले पर्यटन प्रवद्र्धन विना मुलुक समृद्ध वन्न नसक्ने वताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले होटल व्यवसाय प्रति राज्यको हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने वताउनु भयो ।
    राज्यलाई कर तिरेर व्यवसाय संचालन गरेको होटल व्यवसाय प्रवद्र्धन गर्नु राज्यको पनि दायित्व भएको वताउनु भयो । राज्यको सुरक्षा निकायले रातीको ९ वजे नै होटल व्यवसाय वन्द गराउँदै हिडेको प्रति आपत्ती जनाउँदै २४ सै घण्टा व्यवसाय संचालन गर्ने वतावरण वनाउनको लागि आवश्यक पहल गरिदिन होटल व्यवसायी महासंघ र उद्योग वाणिज्य संघ चितवनलाई आग्रह गर्नु भयो ।


    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनको नवनिर्वाचित कार्यसमतिलार्य दोसल्ला ओढाएर स्वागत एवं सम्मान गरिएको थियो भने होटल व्यवसायी संघ चितवनद्धारा प्रकाशित भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरिएको थियो । कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा, पुर्व अध्यक्ष विनोद शर्मा, निवर्तमान अध्यक्ष शर्मिला न्यौपानेलगायतले वोल्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र होटल व्यवसायी संघ चितवनका पदाधिकारी सहित कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले संचालन गर्नु भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशव हडखोलेले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt