अन्तर रोटरी मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न


सन्तोष देवकोटा
भरतपुर/रोटरी क्लव अफ गैंडाकोटको आयोजनामा शनिबार क्षेत्रपुरमा अन्तर रोटरी क्लव फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रोटरी क्लव अफ रत्ननगर प्रथम, रोटरी क्लव अफ पुर्वी चितवन द्धित्तीय, रोटरी क्लव अफ भरतपुर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्धित्तीय र तृतीय हुने टिमलाई कप, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको आयोजक सस्था रोटरी क्लव अफ गैंडाकोटका अध्यक्ष डा. प्रमोद पौडेलले जानकारी दिनुभयो ।
अन्तर रोटरी क्लव फुटसल एवं नववर्ष २०७९ को अवसरमा आयोजित फेलोसिप कार्यक्रम प्रमुख अतिथी एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र पियाले उद्घाटन गर्नु भएको थियो । रोटरी क्लव अफ गैडाकोटका अध्यक्ष डा. प्रमोद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रमुख अतिथी पियाले व्यानर पढि खेलाडीलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो ।
रोटरी क्लव अफ चितवन, रोटरी क्लव अफ भरतपुर, रोटरी क्लव अफ नारायणगढ, रोटरी क्लव अफ रत्ननगर, रोटरी क्लव अफ नारायणी मिडटाउन, रोटरी क्लव अफ पुर्वी चितवनको समन्वयमा आयोजना गरिएको फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा रोटरी क्लव अफ गैंडाकोटका निर्वाचित अध्यक्ष यदुलाल घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराको साथ क्लवको वार्षिक कार्यक्रम अन्तरगत अन्तर रोटरी मैत्रीपुर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको रोटरी क्लव अफ गैंडाकोटका अध्यक्ष डा. प्रमोद पौडेलले जानकारी दिनुभयो । यस्तो खालका प्रतियोगिता क्लवको स्थापना कालदेखि नै आयोजना गर्न थलिएको अध्यक्ष पौडेलको भनाई थियो । प्रतियोगितामा चितवन र नवलपुर स्थित विभिन्न ७ वटा रोटरी क्लवहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार