जलदेवी सामुदायिक बनको डढेलो नियन्त्रण


भरतपुर/चितवनकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित जलदेवी सामुदायिक वनमा लागेको आगो (डढेलो) शनिबार राति अवेर नियन्त्रणमा आएको छ । शनिवार दिउँसो करिव ६ वजेतिरवाट लागेको डढेलो आपटारी स्थित शसस्त्र प्रहरी वलको सहायतामा नियन्त्रण गरिएको जलदेवी सामुदायिक वन उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिनुभयो ।
जंगली जनावर र पंक्षीको चोरि सिकारीमा संलग्नहरुले डढेलो लगाएको सामुदायिक वनको अनुमान रहेको छ । साँझ ६ वजेदेखि नियन्त्रणको प्रयास भएपनि राती १० वजे मात्र पुर्ण रुपमा डढेलो नियन्त्रणमा आएको बनका कार्यवाहक अध्यक्ष अर्यालले वताउनु भयो । डढेलो नियन्त्रण लगायतका प्राकृतिक प्रकोपवाट हुने धनजनको क्षती न्यूनिकरण र प्रकोपमा परेकाहरुको उद्धारमा शसस्त्र प्रहरी वलको भूमिका महत्वपुर्ण हुने गरेको वताउँदै अध्यक्ष अर्यालले प्रहरी संगठनलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
जलेवी सामुदायिक वन उपभोक्ता समिति वन तथा वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनको सवालमा प्रतिवद्ध रहेको वताउँदै कार्यवाहक अध्यक्ष अर्यालले आगामी दिनमा पनि सम्पुर्ण सरोकारवाहरुको साथ सहयोग पाउने कुरामा आफु नेतृत्वको समिति आशावादी रहेको वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार