• लिटिल च्याम्प कम्पीटिसन सम्पन्न


    भरतपुर/ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउस भतरपुर १० को आयोजनामा चितवन लिटिल च्याम्प कम्पिटिसन २०७९ सम्पन्न भएको छ । ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउसकी प्रवन्ध निर्देशक रिता लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा युवा व्यवसायी रुविन रामुदामु प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी रामुदामुले यस्ता खालका प्रतियोगिताले वालवालिकाको क्षमता विकासमा सहयोग पुग्ने वताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममा जोड दिन आग्रह गर्नु भयो ।
    ३० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रेमवस्ती माध्यमिक विद्यालयका आरव धामी विजयी (वीनर) हुनु भएको छ । यसैगरी स्मल हेभनमा श्रेया अग्रवाल फस्ट रनरअफ, अर्किड स्कुलका आरोही यादव सेकेण्ड रनरअफ र अर्किड स्कुलकै अंकिता उपाध्याय थर्ड रनरअफ हुन सफल हुनु भएको छ ।
    प्रतियोगितामा भुवन प्यासी, कल्पना थाप र आयुस नेपाली निर्णायकको भुमिकामा रहनु भएको थियो । प्रतियोगितामा विजयीलाई २० हजार, फस्ट रनरअफलाई १२ हजार, सेकेण्ड रनरअफलाई ८ हजार र थर्ड रनरअफलाई ३ हजार नगद पुरस्कार सहित कप डायरी लगायत प्रमाणपत्रले सम्मान गरिएको हाउसकी प्रवन्ध निर्देशक लोहनीले वताउनु भयो । सस्थाले समय समयमा यस्ता किसिमका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt