• चितवनमा होटलको अनुगमन र स्तरिकरण


    सन्तोष देवकोटा
    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा महवानपुरले चितवनका विभिन्न क्षेत्रका होटलहरुको अनुगमन गरि स्तरिकरण गरेको छ । कार्यालयले शुक्रबार र शनिबार नारायणगढ पोखरावसपार्क तथा रामनगरका होटलहरुको अनुगमन गरि स्तरिकरण गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको समन्वयमा शुक्रबार रामनगर क्षेत्रका हाईवे होटल र शनिबार पोखरावसपार्क क्षेत्रका होटलहरुको अनुगमन गरिएको हो । कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत होटल अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा महवानपुरका प्रमुख डा. क्षितीज श्रेष्ठले जानकारी दिनुभयो ।
    अनुगमन पछि होटलहरुलाई स्तरिकरणको लोगो र प्रमाणपत्र वितरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफ्लेले जानकारी दिनुभयो । शुक्रबार रामनगर क्षेत्रमा ११ वटा होटल अनुगमन गरिएको जानकारी दिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका खाद्य निरिक्षक प्रेम अर्यालले ३ वटा होटलले मात्रै स्तरिकरणको लोगो प्राप्त गर्न सफल भएको वताउनु भयो । शुक्रवारको अनुगमनमा एउटा होटलले २ स्टार र २ वटा होटलले १ स्टार पाएको अर्यालले जानकारी दिनुभयो । यसैगरी शनिबार भएको अनुगमनमा  २ होटलले १ स्टार पाएका छन् ।
    कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख डा. क्षितिज श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनका प्रमुख घननाथ अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका खाद्य अनुसन्धान अधिकृत विक्रम लिम्वु, श्रद्धा खनाल, प्रगति अधिकारी, खाद्य निरिक्षक प्रेम अर्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफ्ले, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले होटल अनुगमनको क्रममा ९० प्रतिशत भन्दा माथि अंक ल्याउने होटललाई अति उत्तम (थ्री स्टार), ८० देखि ८९ प्रतिशत अंक ल्याउनेलाई उत्तम (टु स्टार), ६५ देखि ७९ प्रतिशत अंक ल्याउने लाई सन्तोषजनक (वान स्टार) र ५० देखि ६४ प्रतिशत अंक ल्याउने लाई सामान्य (पहेँलो स्टिकर) प्रदान गर्दै आएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt