• होटलका समस्यावारे गृहमन्त्रीसंग छलफल


    सन्तोष देवकोटा
    भरतपुर/होटल व्यवसायी संघ चितवनले व्यवसायीका समस्यावारे गृहमन्त्री वालकृष्ण खाँडसंग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठको उपस्थितमा भएको कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठले जिल्ला स्थित होटल व्यवसायीको समस्याको वारेमा गृहमन्त्री खाँडलाई जानकारी गराउनु भएको थियो ।
    कार्यक्रममा अध्यक्ष श्रेष्ठले राज्यले होटल व्यवसाय प्रवद्धनमा जोड दिनु पर्ने वताउँदै व्यवसाय संचालमा समयको मापदण्ड राख्न नहुने वताउनु भयो । चितवनमा प्रशासनले वेलुका ९ नवज्दै व्यवसाय वन्द गर्न लगाउने गरेको वताउँदै अध्यक्ष श्रेष्ठले नेपाल सरकारको नियम पालना गरि २४ सै घण्टा व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गर्नु भयो ।
    व्यवसायीको समस्याको वारेमा जानकारी लिएपछि गृहमन्त्री खाँडले सरकारी नियमको पालना गर्दै होटल व्यवसायीको समस्या समाधानमा ध्यान दिन प्रमुख जिल्ला अधिकारी तामाङलाई निर्देशन दिनु भयो । चुनाव नजिकिएको वताउँदै गृहमन्त्री खाँडले चुनाव अगाडी ११ वजेसम्म र नियममा वसेर व्यवसाय गर्न चाहानेलाई २४ घण्टा व्यवसाय संचालन गर्ने वतावरण निर्माण गर्न निर्देशन दिनु भएको हो । गृहमन्त्री संगको छलफल पटि प्रमुख जिल्ला अधिकारी तामाङले दुई चार दिनमा वसेर छलफल गरि होटल व्यवसायीका समस्या समाधानको लागि अगाडी वढ्ने आश्वासन दिनु भएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt