भरतपुर ४ मा क्युमिन रिसोर्ट उद्घाटन


सन्तोष देवकोटा
भरतपुर\भरतपुर ४ लंकु स्थित नहरछेउमा क्युमिन रिसोर्ट संचालनमा आएको छ । पुर्ण पारिवारिक वतावरण सहितको उक्त रिसोर्ट उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले उद्घाटन गर्नु भएको हो । रिसोर्टका संचालक कल्पना पौडेल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले क्युमिन रिसोर्टले चितवनको पर्यटन प्रवद्धनमा सहयोग पु¥याउने वताउनु भयो ।
कार्यक्रममा प्रदेश सासंद गिता वाग्ले, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा भरतपुर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति प्रसाद कँडेल, होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक कमल शर्मा गौतम, उपाध्यक्ष कृष्ण भट्ट, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, सचिवालय सदस्य एवं इकाई संयोजक कृष्ण महतो, सचिवालय सदस्य गोमा सापकोटालगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार