• उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारको प्रचार अभियानमा लाग्न बिद्रोही उम्मेदवारलाई काँग्रेसको निर्देशन


    भरतपुर/यहि बैसाख ३० गतेको लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदबार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बिद्रोही उम्मेदवारी दर्ता गराएकाहरुलाई आफ्नो उम्मेदवारी निश्क्रिय गरि आधिकारिक उम्मेदवारका पक्षमा सक्रियता पुर्वक प्रचार अभियानमा सहभागि हुन निर्देशन गरेको छ ।
    सोमबार नेपाली काँग्रेसले विज्ञप्ति जारी गरि बिद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यहरुले आफ्नो उम्मेदवारी प्रति पुनर्विचार गरि सार्वजनिक रुपमा बक्तव्य प्रकाशित गरेर यहि बैसाख २१ गते भित्र उम्मेदवारी निश्क्रिय बनाउन अनुरोध गरेको हो ।
    मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नु भएको विज्ञप्तिमा आधिकारिक उम्मेदवारको चुनाव प्रचार अभियानमा सक्रिय सहभागिता जनाएर पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई बिजयी बनाउन सहयोग गर्ने प्रतिवद्धता सहित सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक समर्थक उपर पार्टी विधान बमोजिम हुने कारवाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई पुर्नविचार गर्न सक्ने समेत जनाइएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt