• बालकुमारी माध्यमिक विद्यालयको पुरस्कार वितरण समारोह सम्पन्न


    भरतपुर/कोभिड १९ को संक्रमण तथा विविध कारणवश वितरण गर्न बाँकी रहेका छात्रवृत्ति, पुरस्कार र पदकहरु बालकुमारी माध्यमिक विद्यालयले बुधबार वितरण गरेको छ । विद्यालयको शैक्षिक सत्र २०७८ को नतिजा प्रकाशनको अवसरमा सो पुरस्कार वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रधानको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष नन्दलाल जोशी र बालमाविद् अलम्नाई एसोसिएसनका अध्यक्ष सेवन पन्त विशेष अतिथी रहनु भएको थियो । विद्यालयमा स्थापना गरिएका छात्रवृत्ति कोष र पदकका संस्थापकहरु र अभिभावकहरुको उल्लेख्य उपस्थितिरहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले विद्यालयको प्रगति विवरण र भावी योजनाहरुको वारेमा जानकारी गराउनुहुँदै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । विशेष अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष नन्दलाल जोशी र वालमाविद् अलम्नाई एसोसिएसनका अध्यक्ष सेवन पन्तले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    विद्यालयमा अध्ययनरत मेहनती र जेहन्दार विद्यार्थीहरुलाई पुरस्कार र पदकहरुले सम्मनित गरएको सो कार्यक्रममा खेलकूदको पदक तथा पुरस्कार पनि वितरण गरिएको थियो । खेलकुदको पुरस्कार तथा पदक वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मीपति तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई विद्यालयका शिक्षकहरु मिना अधिकारी र शालिकराम सापकोटा र रमानिधि पन्तले संचालन गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt