रोटरी क्लव अफ चितवनद्धारा बालकुमारी माध्यमिक विद्यालयमा छात्रवृत्ति प्रदान


भरतपुर/रोटरी क्लव अफ चितवनले बुधबार बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा छात्रवृत्ति वितरण गरेको छ । क्लबले कक्षा ९ बाट सर्वोत्कृष्ट नतिजा सहित क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल नविना परियार, रिना भूजेल र सलुजा लामालाई प्रति विद्यार्थी ६ हजारको दरले छात्रवृत्ति प्रदान गरेको हो । शैक्षिक सत्र २०७८ को नतिजा प्रकाशनको अवसरमा आयोजित कार्यक्रममा उक्त छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रधानको सभापतित्वमा र वार्ड नं २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठको प्रमूख आतिथ्यतामा सम्पन्न थियो । विद्यालयमा स्थापना गरिएका छात्रवृत्ति कोष र पदकका संस्थापकहरु र अभिभावकहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले विद्यालयको प्रगति विवरण र भावी योजनाहरुको वारेमा जानकारी गराउनु भएको थियो ।
विशेष अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष नन्दलाल जोशी र बालमाविद् अलम्नाई एसोसिएसनका अध्यक्ष सेवन पन्तले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई विद्यालयका शिक्षकहरु मिना अधिकारी र शालिकराम सापकोटा र रमानिधि पन्तले संचालन गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार