• हावाहुरीले मैयाँदेवी कन्या कलेजमा करिव २५ लाखको क्षती


    भरतपुर/यहि जेठ ६ गते शुक्रवार साँझ र ८ गते आइतवार आएको हावाहुरीको कारण भरतपुर १० स्थित मैयाँदेवी कन्या कलेजमा ठुलो क्षति पुगेको छ । हावाहुरीले कलेजको टिनको छाना र सवैभन्दा माथिल्लो तलामा लगाईएको जिप्सन भत्काएर क्षती पु¥याएको हो । हावाहुरीको कारण करिव २५ लाख रुपैयाँ वरावरको क्षती भएको मैयाँदेवी कन्या कलेजका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो ।
    हावाहुरीले वैठक हल र पुस्तकालय कक्षमा लगाईको जिप्सन भत्काएको हो । हावाहुरीको कारण जिप्सन भत्किँदा कलेजलाई ठुलो नोक्सानी हुन पुगेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । हावाहुरीले जिप्सन भत्काउँदा कलेजमा जडान गरिएको पंखा, एसीलगायतका सामान पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको उहाँको भनाई थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt