• गरिवी नियन्त्रण आजको आवश्यकताः खनाल


    भरतपुर/सौराहा लेडि जेसीजले रत्ननगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका निबर्तमान राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले गरिबी राष्ट्रिय समस्या भएको वताउँदै यसको नियन्त्रण्मा ध्यान दिनुपर्ने वताउनु भयो । अर्को प्रसंगमा वोल्दै प्रमुख अतिथी खनालले स्वतन्त्र उम्मेदवारहरुले काठमाडौं लगायत धरान, धनगडीमा जित्नु ठुला दलहरुको लागि यो लज्जा, चुनौती र सिकाइको कुरा भएको वताउनु भयो । साथै दलहरुले आत्माअलोचना गर्दै सचियर जनतामा जानुपर्ने खनालको भनाई थियो ।
    रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले आफ्नो पाँच वर्षे कार्यकालमा कुरा भन्दा काम गरेर देखाउने लक्ष्य लिएको वताउनु भयो । कार्यक्रममा बीसहजार जेसीजका शाखा अध्यक्ष बेदराज न्यौपाने, सौराहा लेडी जेसीजकी स्ंस्थापक अध्यक्ष सुजता बिस्ट, रेडकस उपशाखा झुवानीका अध्यक्ष सुबास बीडारी, समुर्ण निबाचित अध्यक्षहरुको प्रतिनिधित्व गर्दै रत्ननगर ६ का वडा अध्यक्ष किरण महतोलगायतले बोल्नु भएको थियो । कार्यक्रम सौराहा लेडी जेसीजकी अध्यक्ष सपना पौडेल भन्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt