• आधारभूत विद्यालय मंगलपुरमा अक्षयकोष स्थापना


    भरतपुर/भरतपुर १५ स्थित राष्ट्रिय आधारभूत विद्यालय मंगलपुरमा १ लाख ११ हजार १ सय ११ रुपैया रकम वरावरको अक्षयकोष स्थापना गरिएको छ । पूर्व विद्यार्थी सन्तोष भट्टराईको निधन भएको पहिलो वार्षिक पुण्यतिथिमा भट्टराई परिवारले उक्त अक्षयकोष स्थापना गरेको हो ।
    स्वर्गी भट्टराईको स्मृतिमा परिवारद्धारा स्थापना गरिएको उक्त अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर विकासमा महत्वपुर्ण योगदान पु¥याउने राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण नेपालले आशा व्यक्त गर्नु भयो । स्वर्गीय पुर्व विद्यार्थी भट्टराई प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै प्रधानाध्यापक नेपालले अक्षयकोष स्थापनाको लागि पहल गर्नुहुने एन.आर.एन. सदस्य अर्जुन श्रेष्ठ, शान्ति भट्टराई, विद्यालयका पुर्व प्रधानाध्यापक हरिमाया प्रधानलगायत भट्टराई परिवारका सदस्यहरुप्रति हार्दिक आभार व्यक्त गर्नु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt