• चेम्वर वहुउदेश्यीय सहकारी सस्थाको उद्घाटन


    सन्तोष देवकोटा
    भरतपुर/उद्योग वाणिज्य संघ चितवनको पहलमा स्थापित चेम्वर वहुउदेश्यीय सहकारी सस्था लि.को शुभारम्भ गरिएको छ । वागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मिलनवावु श्रेष्ठले शुक्रबार एक औपचारिक कार्यक्रमका विच उक्त सहकारीको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमका वोल्दै प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले उद्योमशिलता र उद्योगको विकास नभएसम्म आर्थिक समृद्धि असम्भव हुने वताउँर्दै उक्त सहकारीले उद्यमशिलता र उद्योगको विकासमा जोड दिनु पर्ने वताउनु भयो ।
    आम प्रचलनको रुपमा चलिएको बचत तथा ऋणको काम गरेर मात्र सहकारीको मान्यता स्थापित नहुने वताउँदै उहाँले कृषि र औद्योगिक प्रवद्र्धनमा सहकारीले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । सहकारीको माध्यमवाट मात्रै विकास सम्भव भएको वताउँदै मन्त्री श्रेष्ठले बैंकको पहुँचमा पुग्न नसकेका व्यवसायीलाई सहकारीले आर्थिक उपार्जनमा जोड्नुपर्ने वताउनु भयो ।
    कार्यक्रममा वोल्दै सहकारीका लेखा समिति संयोजक कल्याण जोशीले सहरकारीले आफ्नो कारोवार सुरु गरेको जानकारी दिँदै सरकारको तीनखम्वे अर्थनीति अनुरुप सहकारी स्थापना गरिएको वताउनु भयो । सहकारीले बचत तथा ऋण मात्रै नभएर अन्य क्षेत्रमा पनि लगानी गर्ने वताउँदै जोशीले आर्थिक पारदर्शीमा ध्यान दिने वताउनु भयो ।
    सहकारीका सस्थापक अध्यक्ष राजु श्रेष्ठले साना तथा मझौला व्यवसायीको विकास र प्रवद्र्धन गर्ने उदेश्यले सहकारीको स्थापना भएको वताउनु भयो । सहकारीका सल्लाहकार चुननारायण श्रेष्ठले उद्योग वाणिज्य संघ चितवन र चेम्वर वहुउदेश्यीय सहकारी एक अर्काको सहयोगी हुने वताउँदै सहकारीको व्यवसायीक सफलताको शुभकामना व्यक्त गनु भयो । सहकारीका सचिव भोजराज कौडालले संचालन गर्नु भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष सुमन कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष राम प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt