• न्यू होराइजनमा किशोरी सचेतना कार्यक्रम सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर २ क्षेत्रपुर स्थित न्यू होराइजन इङ्लिस स्कुलको आयोजनामा एक दिने किशोरी सचेतना कार्यक्रम सम्पन्न भएको छ । व्यक्तिगत स्वास्थ्य र दृढ आत्मविश्वासका लागि भन्ने मुल नाराका साथ आयोजना गरिएको सचेतना कार्यक्रममा किशोरी अवस्थाका मुख्य चुनौतीको वारेमा चर्चा गरिएको थियो ।
    भरतपुर १० स्थित मनकामना हस्पिटलको प्राविधिक सहयोगमा संचालन भएको उक्त तालिममा सफल मानिस बन्नको लागि समयको व्यवस्थापन गर्नुपर्ने, असल साथीको संगत वढाउनु पर्ने, कुलत तर्फ ध्यान नदिने, पढाईमा निरन्तरता दिने, भविश्य राम्रो वताउने तर्फ सोच राख्ने, हतास र निरास नभई जोस र जाँगरका साथ काम गर्ने, सकारात्मक सोच गर्ने, अभिभावक र समाज प्रति चनाखो र संवेदनशिल हुने लगायतका विषयमा जोड दिईएको थियो ।
    स्कुल संचालक समितिका अध्यक्ष श्रीधर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिद्यालयका शैक्षिक निर्देशक बसन्त रानाभाट प्रमुख अतिथी रहनु भएको थियो । देवी नहर्कीको संयोजनमा सम्पन्न कार्यक्रममा कविता खतिवडा सहजकर्ता रहनु भएको थियो । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका किशोरीहरुको सहभागिता रहेको थियो । सर्वप्रथम न्यू होराइजन स्कुलबाट सो कार्यक्रमको सुरुवात गरिएको स्कुलका प्रिन्सिपल श्याम विकेले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt