• मन्त्री दाहाललाई ठिमुरामा सम्मान


    सन्तोष देवकोटा
    भरतपुर/बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल अविनासलाई आइतबार भरतपुर १ ठिमुरामा सम्मान गरिएको छ । ठिमुराका विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा मन्त्री दाहाललाई सम्मान गरेका हुन् । ठिमुराको शिक्षा, संस्कृति एवम् पुर्वाधार विकासको लागि अतुलनीय योगदान पु¥याएको भन्दै मन्त्री दाहाललाई औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको राष्ट्रिय आधारभूत विद्यालय ठिमुराका प्रधानाध्यापक ज्योतिनारायण ढकालले जानकारी दिनुभयो ।
    ठिमुराका विभिन्न संघ संस्था तथा सर्वपक्षीय बुद्धिजीवीहरुको भेलाले ठिमुराको शिक्षा, संस्कृति एवम् पुर्वाधार विकासको लागि अतुलनीय योगदान गर्नु भएका बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाललाई सम्मान गर्ने निर्णय गरे बमोजिम सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
    सम्मान कार्यक्रममा वोल्दै मन्त्री दाहालले ठिमुरा स्थित विभिन्न संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै उक्त सम्मानले आफुलाई झनै ठिमुराको विकासमा लाग्न प्रेरणा मिलेको वताउनु भयो । ठिमुरावासीको सम्मानलाई कहिल्लै नविर्सने वताउँदै उहाँले ठिमुराको चौतर्फि विकासको लागि आफ्नो ठाउँवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
    राष्ट्रिय आधारभूत विद्यालय ठिमुरा, टोल विकास संस्था ठिमुरा, न्यु ठिमुरा युवा क्लब, ठिमुरा आमा समूह, जागृति आमा समूह ठिमुरा, सतनचुलि कृषक समूह ठिमुरा, गणेश मन्दिर समिति ठिमुरा एवं आम ठिमुरावासीको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt