• उवासंघ चितवनद्धारा जनप्रतिनिहरुलाई स्वागत तथा सम्मान


    भरतपुर/उद्योग वाणिज्य संघ चितवनले बुधबार नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर देशकै नमुना शहर बन्ने दिशामा अगाडि बढी सकेको बताउनुभएको छ । मेयर दाहालले नमुना शहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम अघि बढेकाले भरपतुर नमुना शहर बन्ने उल्लेख गर्नुभयो । मेयर दाहालले भरतपुर शिक्षाको शहर, स्वास्थ्यको शहर, कृषिको शहर, झिलिमिलि बत्तिको शहर, पर्यटनको शहरको हुँदै बहुआयमिक शहरका रुपमा अघि बढी रहेको बताउनुभयो ।
    ‘महानगरले शिक्षामा उल्लेख्य फड्को मारेको छ’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यको त हब नै हो । कृषि उत्पादनलाई यस वर्ष प्राथामिकतामा राखेका छौ । मूख्य बाटोमा स्र्माट बत्ति जडान हुने काम चल्दैछ । भरतपुर नमुना हुँदैछ ।’ भरतपुरको विकासका लागि ‘भरतपुर भ्रमण वर्ष २०८०’ पनि घोषणा गरेका छौ, यो अवधिमा पर्यटकलाई भरतपुरको विकासलाई देखाउने लक्ष्य लिएका छौ–मेयर दाहालले भन्नुभयो ।
    भरतपुरलाई बहुविषेशतायुक्त शहरको रुपमा विकास गर्ने गरी सन्तुलित विकास अगाडि बढाइएकाले भरतपुर नमुना शहरको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिचित हुने मेयर दाहालको भनाइ छ । भरतपुर महानगरमा निर्माणधिन सिटी हल, अन्तराष्ट्रिय क्रिकेट रंगशाला, प्रसाशकिय भवन, नारायणी तटबन्धन लगायतको राष्ट्रिय गौरबको आयोजन निर्माण भएसँगै यहाँको चित्र फेरिने उहाँले जिकिर गर्नुभयो ।
    स्थानीय सरकारको पहलमा मात्र भरतपुरको विकास नहुँने भन्दै मेयर दाहालले निजी क्षेत्रको सहकार्यमा दीर्घकालिन महत्वका विकासका योजनाहरु अगाडि बढाउन सकिने उहाँको भनाई छ । ‘निजी क्षेत्र विकासका पिल्लर हुन’उहाँले भन्नुभयो‘निजी क्षेत्रको सहकार्यमा व्यवस्थित शहर बनाउन सकिन्छ । भरतपुर महानगर निजी क्षेत्रसँग धेरैभन्दा धेरै सहकार्य गर्न तयार छ । निजी क्षेत्रको सल्लाह अनुसार महानगरले विभिन्न गतिविधि गर्दै आइरहेको छ । भरतपुरको राजस्व वृद्धि गर्न निजी क्षेत्रको ठूलो भूमिका छ ।’ मेयर दाहालले भरतपुरको आन्तरिक आय वृद्धि गर्दा भरतपुरको थप विकास हुने भएकाले करको दायरा फराकिलो बनाउदै आम नागरिकलाई करबारे बुझाउनुपर्ने वताउनु भयो ।
    कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको विकासमा यहाँको निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले निजी क्षेत्र र आम सर्वसाधारणको प्रयासले समृद्ध महानगर बन्नेमा बिश्वास समेत ब्यक्त गर्नु भयो । उप प्रमुख अधिकारीले महानगरका ठुला र महत्वपूर्ण आयोजनाहरु छनौट गर्दा निजी क्षेत्रसग छलफल र सहकार्य गरेर नै गर्ने गरेको समेत प्रष्ट पार्नु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघका कार्यसमिति सदस्य सहनलाल प्रधान, उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, पूर्व अध्यक्ष रमेश कुमार पिया लगायतले मनत्वय व्यक्त गर्नु भएको थियोे ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt