होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको कृष्णपुर इकाई गठन


भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवन अन्तरगत कृष्णपुर इकाईको विशेष भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले वासु गौतमको अध्यक्षतामा इकाइ समिति गठन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा खिमराज तिमिल्सिना, सचिवमा राम प्रसाद चपाईं, सहसचिवमा कुमार गुनी, कोषाध्यक्षमा बाबुराम खनाल, सदस्यहरुरुमा विष्णु कुमार श्रेष्ठ, रिता श्रेष्ठ, पार्वती रिजाल, युवराज अधिकारी, मिठु भट्टराई, विद्या सुवेदी रहनु भएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका निवर्तमान महासचिव एवं सल्लाहकार देव शर्मा पौडेलले संचालन गर्नु भएको कार्यक्रममा संघका सल्लाहकार कुस्माखर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संघका जिल्ला सल्लाहकार तोयानाथ भट्टराई प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टराईले होटल व्यवसायीको विचमा एकताको खाँचो रहेको वताउँदै आगामी दिनमा व्यवसायीको समस्या समाधान र व्यवसायीक हकहितको लागि केन्द्रित हुने वताउनु भयो ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष एवं जलदेवी क्यान्सर चोक टोल विकास संस्थाका अध्यक्ष दीपक ढकालको सभापतित्वमा कार्यक्रम संपन्न भएको थियो कार्यक्रममा बोल्दै उहाँले आफु यस टोल विकास संस्थाको नेतृत्वमा रहेकोले होटल व्यवसायी र टोल विकास संस्था मिलेर जानुपर्ने धारणा राख्नु भयो । आफू संधै आपसि समन्वयमा क्यान्सर अस्पताल क्षेत्रलाई बिकृति मुक्त, नमूना टोल बनाउन साथै व्यवसायीको हकहित र व्यवसाय प्रवद्र्धनको लागि हरपल काम गर्ने वताउनु भयो । अस्पताल अगाडीको अव्यवस्थित अवस्था सुधार गर्न आफ्ना इकाई र टोल सुन्दर वनाउन स्वयं टोलवासी नै सच्चिन एवं कृयाशिल हुन आवश्यक रहेको ढकालको भनाई थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौतमले भावि कार्ययोजना समेत प्रस्तुत गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार