• भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको वार्षिक समिक्षा सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न भएका कामहरुको समिक्षा गरेको छ । कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा संचालन गरेका विभिन्न कामको समिक्षा सहित आगामी आर्थिक वर्षको कार्यक्रम वारे छलफल गरेको हो । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेले कार्यालय मार्फत सम्पन्न भएका कार्यक्रमको वारेमा जानकारी सहितको प्रस्तुती गर्नु भएको थियो ।
    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख शुशिल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यालयका अधिकृत प्रेमप्रसाद ढकालले संचालन गर्नु भएको थियो । कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मणिभद्र न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख यादव आचार्य, जिल्ला समन्वय समिति चितवनका समन्वय अधिकारी चुडामणी गौतमलगायत जिल्लाका विभिन्न पालिकाका आर्थिक प्रशासन तथा पशुसेवा शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt