• आधारभूत विद्यालय मंगलपुरद्धारा शिक्षकहरुलाई बिदाई तथा सम्मान


    सन्तोष देवकोटा
    भरतपुर/राष्ट्रिय आधारभूत विद्यालय भरतपुर १५ मंगलपुरले शुक्रबार विद्यालयका शिक्षकहरुलाई बिदाई तथा सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेशामा समर्पित रहि विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा महत्वपुर्ण योगदान गरि निबृत÷पदस्थापना हुनुहुने पुर्ब प्रधानाध्यापक हरिमाया प्रधान लगायत सात जना शिक्षकहरुलाई बिदाई तथा सम्मान गरिएको हो ।
    शिक्षकहरुको योगदानको उच्च सम्मान गर्दै एक कार्यक्रमका बिच बिदाइ तथा सम्मान कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण नेपालले जानकारी दिनुभयो । भरतपुर १५ का वडाध्यक्ष श्रीकृष्ण देबकोटा प्रमुख अतिथी रहनु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अन्जान कुमार तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt