• नेपाल राष्ट्रिय कर्मचारी महासंघमा ढकालको नेतृत्व


    सन्तोष देवकोटा
    भरतपुर/नेकपा माओवादी केन्द्र निकट कर्मचारीहरुको साझा संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघ चितवनको पाँचौ जिल्ला अधिवेशन शनिबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले प्रेमप्रसाद ढकालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा जीतेन्द्र घर्ती, महिला उपाध्यक्षमा सविता सापकोटा, सचिवमा ई. सन्तोष आचार्य, सहसचिवमा सुदर्शन रेग्मी, कोषाध्यक्षमा प्रदिप पौडेल, सदस्यहरुमा गोविन्द पौडेल, प्रकाश ढुंगाना, राजु त्रिपाठी, स्मृति श्रेष्ठ, पार्वती दाहाल, मिना भुषाल, तोयानाथ भट्टराई, वालकृष्ण तिवारी रहनु भएको छ ।
    यसैगरी अधिवेशनले बाबुराम दवाडीको संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा रामहरी पन्त, ओम प्रसाद न्यौपाने, शैलेन्द्र भण्डारी, मिरा अधिकारी रहनु भएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका श्रम रोजगार तथा वातावरण मन्त्री घनश्याम दाहाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, सचिव दोर्णबावु सिवाकोटी, केन्द्रिय सल्लाहकार दण्डपाणी पौडेल, भरतपुर महानगर संयोजक इश्वर सापकोटा, लगायतले वोल्नु भएको थियो । कार्यक्रम महासंघका सचिव ओम प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt