• चितवन रोटरीको ३१ औ पदस्थापन कार्यक्रम सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/चितवनको सवैभन्दा पुरानो रोटरी क्लवको रुपमा स्थापित रोटरी क्लव अफ चितवनको ३१ पदस्थापन कार्यक्रम शुक्रबार भरतपुर स्थित भरतपुर गार्डेन रिर्सोटमा सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका विच रोटरी वर्ष २०२१।२२ का अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले वर्ष २०२२।२३ को लागि नवनिर्वाचित अध्यक्ष दीपक प्रधानलाई पद हस्तान्तरण गर्नु भएको हो ।
    क्लवका नवनिर्वाचित सचिव राजन पियाले संचालन गर्नु भएको उक्त पदस्थापन कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका निर्वाचित डिष्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजु प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी धोजुले चितवन रोटरी क्लव डिष्ट्रिककै उदाहारणीय क्लव बन्न सफल भएको वताउनु भयो । चितवन रोटरी क्लवलाई आफ्नो मातृ क्लवको रुपमा चर्चा गर्दै प्रमुख अतिथी धोजुले स्वार्थ भन्दा माथि सेवा भन्ने भावलाई केन्द्रमा राखेर समाजिक काममा क्रियाशिल हुन रोटरी क्लव अफ चितवनका नवनिर्वाचि समितिलाई आग्रह गर्नु भयो ।
    कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष महेन्द्रलाल प्रधान, रोट¥याक्ट क्लब अफ चितवनका अध्यक्ष अच्युत न्यौपाने, रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका एसिस्टेण्ट गभर्नर सुरेश बहादुर सेन, पुर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्र पियालगायतले वोल्नु भएको थियो । रोटरी क्लव अफ चितवनद्धारा नियमित प्रकाशित हुँदै आएको वार्षिक पुस्तक क्रियसन समेत बिमोचन गरिएको उक्त कार्यक्रममा चन्दादाता चन्द्रेश्वर भट्टराईले क्लवलाई आर्थिक सहयोग स्वरुप दुईलाख पचास हजारकाे चेक हस्तान्तरण गर्नु भएको थियो ।
    पदहस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले आफ्नो कार्यकालमा क्लवलाई  विभिन्न तवरले सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान तथा धन्यवाद व्यक्त गर्नु भएको थियो । निवर्तमान अध्यक्ष शाक्यले पुर्व अध्यक्ष उत्तमलाल चुकेलाई प्रेसिडेन्ट अवार्ड, क्लवका नवनिर्वाचित सचिव राजन पियालाई वेष्ट रोटरीयन अवार्ड, मनोज वर्नवाललाई वेष्ट चियर अवार्ड, जनक ढकालाई हाइएस्ट एटेन्डेन्स अवार्ड, रोसन खरेललाई इमर्जिङ रोटरीयन अवार्ड प्रदान गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका उपाध्यक्ष रामचन्द्र अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt