• लायन्स र सहकारीको आयोजनामा खुल्ला रक्तदान सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/जिल्लामा पछिल्लो समय देखिएको रगत अभावको अवस्थालाई मध्यनजर गरि शनिबार नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ नारायणी एमजेएफ र महानगर बचत तथा ऋण सहकारी सस्थाको संयुक्त आयोजनामा नारायणगढ स्थित जमघट रेष्टुरेन्ट अगाडी आयोजना गरिएको कार्यक्रममा २ जना महिला सहित ६३ जनाले रक्तदान गरेका लायन्स क्लव अफ नारायणी एमजेएफका प्रथम उपाध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जनाकारी दिनुभयो ।
    लायन्स क्लव अफ नारायणी एमजेएफका अध्यक्ष केशव प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ आरका गभर्नर शिद्धार्थलाल चुके प्रमुख अतिथी रहनु भएको थियो । क्लवका सस्थापक अध्यक्ष राजन गौतमलाई व्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रम लायन्स क्लव अफ नारायणी एमजेएफका पुर्व अध्यक्ष धर्मराज सापकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt