• चितवनका रमेश कोइरालाले पाए उत्कृष्ट निर्देशक अवार्ड


    सन्तोष देवकोटा
    भरतपुर/चितवनका स्थायी वासिन्दा रमेश कोइरालाले उत्कृष्ट निर्देशक अवार्ड जितेका छन् । छायाँछबि क्रियसनले मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा आयोजना गरेको ‘छैठौ काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरेका हुन् । फेष्टाका विजेतालाई बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्था, चलचित्र कलाकार संघका उपाध्यक्ष तथा बरिष्ठ कलाकार मोहन निरौला लगायतले अवार्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
    काठमाडौं सर्ट फिल्म फेस्टाको निर्णायकमा गजित बिष्ट (अभिनेता), कुबेर गिरी (पत्रकार), हेरुका लामा (मोडल), सुशिला थापा (मोडल), सागर घिसिङ (अभिनेता), आयुव केसी (अभिनेता), सुदीप क्षेष्ठ (मोडल) रहेका थिए । कार्यक्रममा वोल्दै बागमती प्रदेशका प्रदेश साँसद लक्ष्मण लम्सासले नेपाली चलचित्र क्षेत्रमा लगातार दुई दशकभन्दा बढी योगदान दिने कलाकारलाई राज्यले विधावारिधीबाट सम्मान गर्नुपर्ने धारणा राखे ।
    आयोजक तथा कार्यक्रमका सभापति छायाँछवि क्रियसनका अध्यक्ष शान्ति प्रियले छोटा फिल्मले पनि प्रथामिकता पाउनुपर्ने र त्यसले पनि समाजमा राम्रो प्रभाव पार्नसक्छ भन्ने सन्देश दिदै त्यसका श्रष्ठालाई सम्मान तथा प्रोत्सानका लागि नियमित रुपमा आफुले काठमाडौं सर्टफिल्म फेष्टा आयोजना गर्दै आएको हो भने । राममणी ढकालको संयोजनमा भएको काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ मा साप्ताहिक पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन समेत गरिएको थियो । समिर लामा प्रकाशक रहेको पत्रिकाको सम्पादक शान्ति प्रिय हुन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt