• रोटरी क्लब भरतपुरद्वारा बालबालिका घरलाई सहयोग


    भरतपुर/रोटरी क्लब भरतपुरले उक्त क्लब र दियालो परिवारबाट संयुक्त रुपमा संचालित रोटरी–दियालो बालबालिका घरमा विद्यार्थीहरुलाई स्टेशनरी सहितको स्कुल ब्याग र ड्रेस वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष भोला जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १ का वडाध्यक्ष केशव महर्जन प्रमुख अतिथी रहनु भएको थियो ।
    नारायणी किनारमा रहेको क्लबको कार्यालय भवनमा संचालित उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै पूर्व अध्यक्ष बद्रीप्रसाद अधिकारीले बालबालिका घर स्थापना बारे जानकारी गराउनु भयो । बालबालिका घरमा अध्यायनरत २८ जना बालबालिकाहरुलाई ब्याग र ड्रेस वितरण गरिएको थियो । सोहि कार्यक्रममा क्लबका उपाध्यक्ष एवम् बि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप–निर्देशक वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्ण सागर शर्मा लगायत अन्य विशेषज्ञहरुबाट बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको जानकारी कार्यक्रम संयोजक श्रीमती प्रतिक्षा कोइराला सेढाईले गराउनु भयो । कार्यक्रममा धन्यवाद मन्तव्य निर्देशक बद्रीनाथ पोखरेलले राख्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt