मार्गदर्शन साकोसद्धारा हिंसा पीडित महिला तथा बालबालिकालाई सहयोग हस्तान्तरण


सन्तोष देवकोटा
भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थीत मार्गदर्शन साकोसले आफ्नो ११ औ स्थापना दिवसको अवसरमा दोश्रो दिन आदर्श गृह नेपालमा आश्रित हिंसा पीडित महिला तथा बालबालिका व्यवस्थापन लागि नगद तथा स्टेशनरी सामग्री सहयोग हस्तान्तरण गरेको छ ।
सस्थाका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा आदर्श गृह नेपालका सस्थापक मिना खरेलले अहिलेसम्म महिला हिंसा र बालबालिकाको व्यस्थापनको लागि आदर्श गृह नेपालले गरेको कार्यहरुको जानकारी गराउदै मार्गदर्शन साकोसले आफ्नो स्थापना दिवसको अवसरमा गरेको सहयोग हस्तान्तरणको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सहकारीका उपाध्यक्ष डोलबहादुर गुरङले कार्यक्रम आयोजना माथी प्रकाश पार्दै सस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत बर्षदेखीनै सस्थाले मानवसेवामा विविध कार्यक्रमहरु सन्चालन गर्दै आएको जानकारी दिनुभयो । सस्थाका सचिव गनबहादुर श्रेष्ठले सन्चालन गर्नु भएको कार्यक्रममा सस्थाका अध्यक्ष कमलबहादुर थापा र प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले सयुक्त रुपमा नगद र स्टेशनरी सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार