मार्गदर्शन साकोसको रक्तदान कार्यक्रम सम्पन्न


भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित मार्गदर्शन साकोसले आफ्नो ११ औ स्थापना दिवसको अवसरमा तेस्रो कार्यक्रम अन्तरगत शनिबार बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा र नेपाल रेडक्रस सोसाईटी उपशाखा मङ्गलपुरका सभापति ईन्द्रबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि बस्नेतले सस्थाले समाजमा गरेको सामाजिक कार्य र मानवीय सेवाका कार्यहरुको प्रसंसा गर्दै मार्गदर्शन साकोसले सदस्यहरुको आर्थिक विकास र सामाजिक उत्तरदायित्व अन्तरगत गरेको कार्यहरुको निरन्तरताको शुभकामना दिनुभयो । सस्थाका सन्चालक समिति सदस्य एवम् स्वास्थ्य उप–समिति संयोजक राजकुमार श्रेष्ठले सहभागी र रक्तदाताहरु सबैलाई निरन्तर सस्थाको कार्यक्रममा रचनात्मक सुझावको अपेक्षा सहित सस्थालाई नेपालकै नमुना सहकारीको रुपमा स्थापित गर्ने अभियानमा सम्पुर्ण सदस्यहरुको ऐक्यवद्दताको लागि आग्रह गर्नुभयो ।
सस्थाका सचिव गनबहादुर श्रेष्ठले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका सविना कडेल, लेखा सुपरिवेक्षण समितिका संयोजक टिका कुमारी पौडेल, निवर्तमान सल्लाहकार संयोजक बद्री चापागाई, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, अन्य उप–समितिका पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त रक्तदान कार्यक्रममा ७ जना महिलासहित कुल ५१ जनाले रक्तदान गर्नुभएको थियो । सस्थाको गरिमामय ११ औ स्थापना दिवसको समापन समारोह साउन २९ गते केन्द्रगत विविध कार्यक्रमको विच समापन गरिने सस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार