• चितवन रोटरी क्लबद्वारा पाँच थान व्हीलचियर वितरण


    सन्तोष देवकोटा
    भरतपुर/चितवन रोटरी क्लबद्वारा योगी नरहरिनाथ आश्रम योग तथा प्राकृतिक चिकित्सालयमा पाँच थान व्हीलचियर वितरण गरेको छ । चितवन रोटरी क्लबका अध्यक्ष दिपक प्रधानको अध्यक्षतामा सम्पन्न ह्वीलचियर वितरण कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का एन्युअल फाउण्ड सव कमिटि चियर तथा क्लबका पूर्व अध्यक्ष शरदगोपाल न्याच्छ्यौं विशेष अतिथी रहनु भएको थियो ।
    योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र शैलेन्द्र पियाले सामाजिक संघ संस्थाहरुमध्ये विशेष रुपमा सामाजिक कार्यमा चितवन रोटरीको अग्रणी भूमिका रहेको वताउँदै अत्यन्तै आवश्यक परेको वेलामा व्हीलचेयर प्राप्त गर्न पाउँदा रोटरी क्लव अफ चितवनलाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दीपक प्रधानले आफूहरु सदा आवश्यक परेको स्थानमा तत्पर रहनुका साथै अन्य सहयोगहरु आवश्यक परेको खण्डमा सहयोग गर्न ईच्छुक रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो । क्लबका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले धन्यवाद ज्ञापन गर्नुहुँदै कार्यक्रम समापन गर्नभयो ।
    व्हील चेयर विरतणको कार्यक्रम सम्पन्न भएपश्चात् क्लबको तर्फबाट सो प्राकृतिक चिकित्सालयको कार्यालयमा रोटरीको भार सूत्रीय कसिको वोर्ड टाँग्ने काम पनि सम्पन्न भयो । सो वोर्ड विशेष अतिथि शरद गोपाल न्याच्छ्यौंले चिकित्सालयका अध्यक्ष पूर्णबहादु श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो भने क्लबको मुखपृष्ठ क्रियशन क्लबका पूर्व अध्यक्ष दिलीप पियाले हस्तान्तरण गर्नुभएको थियो । अन्त्यमा, बागेश्वरीको निर्माण भईरहेका अस्पताल र विरामी कुरुवाघरको अवलोकन पनि गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt