• खानेपानी सर्वत वितरण तथा सरसफाई कार्यक्रम


    सन्तोष देवकोटा
    भरतपुर/लायन्स क्लव अफ नारायणगढ प्रोफेसनलको आयोजनामा देवघाटमा खानेपानी सर्वत वितरण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष बसन्त मोहन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक गभर्नर शिद्धार्थलाल चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा क्याविनेट सेक्रेटरी राजेन्द प्रसाद गौतम, डिष्ट्रिक चिफ कमल प्रसाद श्रेष्ठ, क्लस्टर चिफ विनोद पन्त, रिजनल चियर पर्सन वोधराज सुवेदी, चाटर्र प्रेसिडेन्ट सुवास कुमार श्रेष्ठ, पुर्व अध्यक्ष सन्तोष विष्टलगायतको सहभागिता रहेको थियो ।
    लायन्स क्लवका द्धितीय उपाध्यक्ष तथा कार्यत्र mम संयोजक गोकुल घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम कोषाध्यक्ष कृष्ण महतोले संचालन गर्नु भएको थियो । कार्यक्रम सस्थाका अध्यक्ष बसन्त मोहन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ७० जार पानी, ५० काटुन मिनरल वाटर (पानी) र सर्वत वितरण गरिएको थियो भने ३० वटा फोहर मलाईको वाल्टिन समेत हस्तान्तरण गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt