• चितवन रोटरीद्धारा ह्वीलचियर हस्तान्तरण


    सन्तोष देवकोटा
    भरतपुर/चितवनको सवैभन्दा जेठो रोटरी क्लवको रुपमा रहेको रोटरी क्लव अफ चितवनले सामाजिक सेवा अन्तरगत शारीरिक अपांगता भएकाहरुलाई ह्वीलचियर हस्तान्रतण कार्यक्रमलाई तिव्रता दिएको छ । क्लवले सोमबार भरतपुर–२२, पटिहानीमा विभिन्न कारणले शारीरिक रुपमा अपांगता भएका चार जनालाई ह्वील चियर हस्तान्रण गरेको छ । शारीरिक अपांगता भएका मानिसहरुको दैनिक जिवनयापन थाप हसज वनाउने उदेश्यले ह्वील चियर हस्तान्तरण गरिएको क्लवका अध्यक्ष दिपक प्रधानले जानकारी दिनुभयो ।
    कार्यक्रममा १०२ वर्षिय दुधाकुमारी पन्त, ७९ वर्षिय लाल बहादुर भुजेल, ७८ वर्षिय निकुता महतो र ८ वर्षिय जोन महतोलाई ह्वीलचियर हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वोल्दै क्लवका अध्यक्ष प्रधानले ह्वीलचियर हस्तान्तरण कार्यक्रमको लागि सहजीकरण गर्नुहुने क्लबका सचिब राजन पिया र भरतपुर वडा नं. २२ का वडा अध्यक्ष विष्णुराज महतोलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
    कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का जोइन्ट सेक्रेटरी निरञ्जन प्रधान, रोटरी क्लव अफ चितवनका सचिव राजन पिया, क्लव एडमिन चियर गोपाल भट्टराई, पुर्व अध्यक्ष शरद गोपाल न्याच्छौं, राजु पौडेल, रोशन पिया, सदस्य लक्ष्मण अर्याल, रोशन खरेल, भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतो, दिपक पौडेल, सुर्य वहादुर गुरुङ, विना नेपाली, मनादेवी आचार्यलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भरतपुर २२ का वडाध्यक्ष महतोले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt