• मार्गदर्शन साकोस र सिएमसी विच उपचार छुट सम्झौता


    सन्तोष देकोटा
    भरतपुर/भरतपुर महानगरपालिका वडा नं. १६ स्थित प्रधान कार्यालय रहेको मार्गदर्शन साकोस र चितवन मेडिकल कलेज (सिएमसी) विच स्वास्थ्य उपचार छुट सम्झौता भएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक गौतम र चितवन मेडिकल कलेजका प्रशासन प्रमुख प्रताप देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
    सस्थाका शेयर सदस्यहरुले चितवन मेडिकल कलेजमा उपचार गर्दा उपचार सेवामा २०% र औषधि सेवामा ७% छुट पाउने सम्झौता भएको हो । सस्थाले सदस्य स्वास्थ्य हेरचाह कार्यक्रम अन्तर्गत विगत ५ बर्षदेखी नारायणी सामुदायिक हस्पिटल, सेन्ट्रल हस्पिटल र आमा आयुर्वेदिकसंग सम्झौता गरी स्वास्थ्य छुट सुविधा सदस्यहरुलाई प्रदान गर्दै आएको छ । बचत संकलन गर्ने र ऋण लगानी गर्ने सस्थाको उद्देश्य भएपनि सस्थाले सामाजिक, शैक्षिक उत्तरदायित्व र स्वास्थ्य हेरचाह अन्तर्गत विविध कार्यक्रमहरु सन्चालन गर्दै आएको सस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt