समस्यापूर्ति काव्य गोष्ठी हुँदै

भरतपुर । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा १५७ ओं मोती जयन्तिको अवसरमा खुल्ला प्रतियोगितात्मक समस्यापूर्ति काव्यगोष्ठी हुने भएको छ । आगामी  भाद्र ११ गते शनिबार भरतपुर महानगरपालिकाको सभाकक्षमा हुने प्रतियोगितात्मक गोष्ठीका लागि “अहङ्कारको आयु लामो हुदैन” भन्ने   शीर्षक चयन गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा बढीमा  १२० शब्दसम्म मात्र शब्द सीमा तोकिएको छ । प्रतिष्ठानले एक सूचना सार्वजनिक गर्दै आगामी भाद्र ०६ गतेसम्म प्रतिष्ठानको सचिवालय वा  इमेल ठेगाना  pragyapratisthanbhr078@gmail.com मा आइपुग्नेगरी रचना आव्हान गरेकोे छ । प्रतियोगिताका विजयीहरूलाई आकर्षक नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार