• चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंक विच उपचार छुट संझौता


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर १० अस्पताल रोड स्थित चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंक विच उपचार छुट संझौता भएको छ । अस्पतालका अध्यक्ष भरतराज रेग्मी र बैंककी नारायणगढ शाखा प्रमुख दिल कुमारी सापकोटाले संझौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । संझौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरुले चितवन एभरेष्ट अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सेवा र औषधिमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
    विभिन्न प्रकारका उपचार सेवा र औषधिमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष रेग्मीले सुविधा लिनको लागि विरामीले ज्योति विकास वैकमा खाता रहेको प्रमाण पेश गर्नुपर्ने वताउनु भयो । अस्पतालमा अर्थो, हाडजोर्नी तथा नसारोगको उपचार, जनरल फिजिसियन, बालरोग, छाला तथा यौन रोग, नाक कान घाँटी, टाउको, जनरल सर्जरी, प्लास्टिक सर्जरी, रेडियोलोजी, प्याथोलोजी, ल्याव, एक्सरे सेवा, मुटुको भिडियो एक्सरे, विभिन्न खालका अप्रेसनहरु, आईसियु÷सिसियुलगायतका सेवाहरु पाईने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
    संझौतामा हस्ताक्ष गर्ने कार्यक्रममा चितवन एभरेष्ट अस्पतालका प्रवन्ध निर्देशक डा. नवराज लामिछाने, संचालक डा. मनोज कँडेल, संचालक डा. प्रकाश कँडेल, संचालक हरि प्रसाद सापकोटा, ज्योति विकास बैंक नारायणगढ शाखाकी अपरेसन इन्चार्ज अस्मिता भट्टराईलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै शाखा प्रमुख सापकोटाले उक्त छुट सुविधा लिन आम ग्राहकहरुलाई आग्रह गर्नु भयो । अस्पतालसंग भएको संझौता पछि ज्योति विकास बैकका ११९ वटा शाखाका ५ लाख भन्दा वढि ग्राहकहरु उक्त सेवावाट लाभान्वित हुने जानकारी दिँदै शाखा प्रमुख सापकोटाले खाता खोलेकै दिनवाट ग्रहकले यो सुविधा उपभोग गर्न पाउने जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt