• अथर्व सहकारीको शुभकामना आदानप्रदान तथा स्वास्थ्य सम्वन्धि गोष्ठि


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर १२ मालपोत चोक स्थित मुख्य कार्यालय रहेको अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनामा शनिबार भरतपुरमा शुभकामना आदानप्रदान तथा स्वास्थ्य सम्वन्धि गोष्ठि सम्पन्न भएको छ । महिला शेयर सदस्यहरुलाई एक आपसमा परिचित गराउने उदेश्यले हरितालिका तिज २०७९ को अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको सहकारीका व्यवस्थापक प्रेम ढकालले जानकारी दिनुभयो ।
    अथर्व बचत तथा ऋण सहकारी सस्थाको महिला उपसमिति संयोजक सृजना वसौला देवकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेफ्स्कुन संचालक विद्या कोइराला प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी कोइरालाले अथर्व सहकारी जिल्लाकै नमुना सहकारीको रुपमा परिचित हुन सफल भएकोमा सहकारी परिवारमा धन्यवाद ज्ञापन गर्नु भयो । बचत तथा ऋणको काम मात्रै भन्दा पनि सहकारीले सदस्यहरुको आर्थिक विकास र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर काम गर्नुपर्ने वताउनु भयो ।
    महिला उपसमिति सदस्य सविता दाहालले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष तथा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारी, सहकारीका सस्थापक अध्यक्ष शालिग्राम शर्मा, कार्यवाहक अध्यक्ष शिव प्रसाद तिवारी, निवर्तमान अध्यक्ष विष्णु प्रसाद शर्मा, निवर्तमान नेफ्स्कुन संचालक भरत दवाडी, जिल्ला वचत संघका संचालक आनन्द पाण्डेलगायतले वोल्नु भएको थियो ।
    कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा. केशवराज भुर्तेलले महिलामा हुने स्वास्थ्य समस्या र समाधानको वारेमा जानकारी गराउनु भएको थियो । ५७ प्रतिशत महिला शेयर सदस्य रहेको अथर्व बचत तथा ऋण सहकारी सस्थाले हाल केन्द्रिय कार्यालय र दुई सेवाकेन्द्र गरि तीन ठाउँवाट सेवा दिँदै आएको व्यवस्थापक ढकालले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt